प्रमुख सूचना::
संक्षिप्त परिचय
देशमा परिवर्तित राजनैतिक परिस्थिति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघीयतामा गई गठन भएका देश भरका ७५३ स्थानीय तहहरू मध्ये शिवनाथ गाउँपालिका देशकाे सुदूरपश्चिम भू-भाग अन्तर्गत सुदूरपश्चिम प्रदेशकाे बैतडी जिल्लाकाे पुर्व दक्षिण भागमा अवस्थित रहेकाे छ । साविकका उदयदेव, शर्माली , शिवनाथ र महाकाली गा.वि.स. लाई मिलाएर बनेकाे याे गाउँपालिकाकाे नामाकरण साबिककाे शिवनाथ गा.वि.स. मा अवस्थित प्रसिद्ध शिवनाथ देवकाे नामबाट गरिएकाे छ । पुर्वमा डडेलधुरा जिल्ला, पश्चिममा पञ्श्वेर गाउँपालिका, उत्तरमा मेलाैली नगरपालिका तथा दक्षिणमा भारत देशकाे सिमाना काे बिचमा शिवनाथ गा.पा. रहेकाे छ । यस गाउँपालिकाको Latitude (अक्षांश): 29.37182° N
Longitude (देशान्तर): 80.3370° E ।